बिग्रिएको मिटर परिवर्तन गर्ने सम्बन्धी सुचना !
बिग्रिएको मिटर परिवर्तन गर्ने सम्बन्धी सुचना !
थाहा नगरपालिकाले एकीकृत रुपमा नागरिकलाई खानेपानी उपलब्ध गराउने गरी यस बोर्ड मार्फत वितरित खानेपानी तपाईले उपभोग गर्दै आउनु भएको व्यहोरा अवगत नै छ । तपाइले निजी प्रयोगका लागि जडान गर्नु भएको धारा मध्ये कतिपय उपभोक्ताको मिटर बिग्रिएको जानकारी प्राप्त पश्चात उक्त मिटर परिवर्तनका लागि यसअघि बोर्डका कर्मचारी मार्फत मौखिक जानकारी गराउँदा समेत हालसम्म परिवर्तन भएको नदेखिएको हुँदा तत्काल मिटर परिवर्तन गरी बोर्डको कार्यालयमा जानकारी गराउनुहुन विनम्र अनुरोध गर्दछौं । अन्यथा, थाहा नगरपालिकाको आर्थिक ऐन, २०८३ तथा बोर्डको निर्णयानुसार थप प्रक्रिया अघि बढाइने व्यहोरा जानकारीका लागि अनुरोध छ ।